
धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा एक हजार चार सय ३४ जना नयाँ मतदाता थपिएका छन् । योसँगै धनकुटामा कुल मतदाता संख्या एक लाख १८ हजार चार सय २५ पुगेको छ । जसमा ५९ हजार चार सय ८३ पुरुष र ५८ हजार नौ सय ४२ जना महिला छन् ।
यसअघि धनकुटामा एक लाख १६ हजार नौ सय ९१ जना मतदाता थिए । मतदाता नामावलीमा तीन हजार दुई सय ७२ जनाले नाम दर्ता गराएको भएपनि एक हजार चार सय ३४ जनाको मात्रै समावेश भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए ।
धनकुटा नगरपालिकामा २४ हजार दुई सय ९८, महालक्ष्मी नगरपालिकामा १८ हजार चार सय ४७ र पाख्रिबास नगरपालिकामा १७ हजार ७ सय एक जना मतदाता कायम भएका छन् ।
यस्तै साँगुरीगढी गाउँपालिकामा १६ हजार सात सय दुई, चौबिसे गाउँपालिकामा १४ हजार २६, छथर जोरपाटी गाउँपालिकामा १३ हजार छ सय ८७ र सहिदभूमि गाउँपालिकामा १३ हजार पाँच सय ६४ जना मतदाता कायम भएको निर्वाचन कार्यालयले जनाएको छ ।

सन्तोष सुवेदी/संगालोखबर 
















