
रौतहट । पूर्व-पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर धन्सार खण्डमा एलपी ग्यास बोकेको ट्याङ्कर दुर्घटना भएको छ । दुर्घटनाका कारण महेन्द्र राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार दुर्घटनापछि ट्याङ्करबाट ग्यास लिक भइरहेको छ । जसका कारण आगो लाग्ने वा विस्फोट हुन सक्ने उच्च जोखिम छ । ग्यास लिक भइरहेकाले अवस्था संवेदनशील बन्दै गएको र कुनै पनि सानो लापरवाहीले ठूलो दुर्घटना निम्त्याउन सक्ने प्रहरीले जनाएको छ।
दुर्घटनापछि सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको छ । सुरक्षा कारण देखाउँदै प्रहरीले उक्त सडक खण्ड तथा आसपासको जंगल क्षेत्रमा नजान सर्वसाधारणलाई अनुरोध गरेको छ । साथै सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न समेत आग्रह गरिएको छ ।
दुर्घटनामा मानवीय क्षति भएनभएको खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । ग्यास लिक नियन्त्रणमा लिन र ट्याङ्कर सुरक्षित रूपमा हटाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।

संगालोखबर 
















