संगालोखबर


विराटनगर । अहिले एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जुन तस्बिरमा देख्न सकिन्छ– टेबल वरिपरि मान्छे र बीचमा पैसाको चाङ । झट्ट हेर्दा विश्वास नलाग्न पनि सक्छ । किनकी अहिले प्रविधिको दुरुपयोग गर्दै विभिन्न भ्रम छर्ने गरेको पनि पाइन्छ ।

तर यो तस्बिर भने वास्तविक हो । संखुवासभाको सिलिचोङ गाउँपालिका-१ सिसुवाखोलास्थित गोगनेका किसानले सामूहिक अलैँची खेतीबाट आम्दानी गरेको पैसा हो । यो तस्बिर आम्दानी बाँडफाँडमा भेला भएका बेला खिचिएको हो ।

Advertisement

सामुहिक अलैँची खेतीबाट राम्रो मूल्य पाएसँगै उनीहरूले यो वर्ष एक करोड १७ लाख रुपैयाँ आम्दानी गरेका छन् । ९८ हजार प्रतिमनमा कृषकहरूले अलैँची बिक्री गरेको वडाध्यक्ष गणेश कुलुङले बताए ।

‘समूह बाहेक व्यक्तिगत रूपमा पनि धेरै जनाले अलैँची खेती गर्नुभएको छ’, वडाध्यक्ष थुलुङले भने, ‘यहाँका कृषकको मुख्य आम्दानीको श्रोत नै अलैँची हो । तर यसको लागि मेहनत पनि उत्तिकै गर्नुपर्छ ।’

सामुदायिक वनको जग्गा समेत भाडामा लिएर अलैँची खेती भइरहेको उनले बताए । तस्बिरमा देखिएको त एउटा समूह मात्रै भएको उनले बताए । ‘अरु पनि धेरै समूह छन् । तस्बिरमा देखिएको त एउटा मात्रै समूह हो’, उनले भने ।

उनका अनुसार वडाबाट यसवर्ष १० करोड बढीको अलैँची बिक्री भएको छ । सामूहिक खेती सुरु भएसँगै कृषकको आम्दानी पनि बढ्दै गएको वडाध्यक्ष कुलुङले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!