संगालोखबर
साङ्केतिक तस्बिर : एआईको सहयोगमा

विराटनगर । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका-५ का २९ वर्षीय अमित भनिने टीकाराम विश्वकर्मा छन् ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले मोरङको बेलबारी नगरपालिका-४ स्थित आफन्तको घरमा लुकिछिपी बसिरहेको अवस्था उनलाई पक्राउ गरेको हो ।

Advertisement

उनी जबरजस्ती करणी मुद्दामा २०७५ पुस २७ गतेदेखि नख्खु कारागारमा कैद भुक्तान गरिरहेका थिए । प्रहरीले विश्वकर्मालाई कारागार कार्यालय संखुवासभामा बुझाइएको छ । जेनजी आन्दोलनका क्रममा भागेका सात कैदीलाई पक्राउ गरिसकेको संखुवासभा प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!