संगालोखबर
सांकेतिक तस्वीर

झापा । झापाको झापा गाउँपालिका-२ मा खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुब्दा एक बालकको मृत्यु भएको छ । आइतबार दिउँसो करिब २ः३० बजे दिनेश कँडेलका तीन वर्षीय छोरा दिवांश घरअगाडि खेल्ने क्रममा पानी भरिएको खाल्डोमा डुबेका थिए ।

गम्भीर घाइते उनलाई तत्काल उद्धार गरी उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो । तर उनको उपचारकै क्रममा अपराह्‍न मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement

मृतक बालकको शव सोही अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!