संगालोखबर


विराटनगर । ल्यान्डफिल साइटको विवादका कारण उठ्न नसकेको विराटनगरको फोहोर बहुपक्षीय सहमतिपछि उठ्न थालेको छ । पाँच दिनदेखि जारी विवाद वार्ताका माध्यमबाट समाधान भएपछि फोहोर संकलन सुरु भएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङमा भएको बहुपक्षीय छलफलपछि लिखित सहमति भएसँगै विराटनगर-१६ स्थित दरैयामा रहेको ल्यान्डफिल साइटमा फोहोर लैजान थालिएको छ । विराटनगर-६ स्थित ब्रम्हपुरामा फोहोर बिसर्जन गर्दै आएको महानगरपालिकाले पुस १ गतेदेखि दरैयामा स्थानान्तरण गरेपछि विवाद सुरु भएको थियो ।

Advertisement

महानगरले आफ्नै जग्गामा फोहोर विसर्जन थालेपछी छिमेकी बर्जु गाउँपालिकाबासीले विरोध सुरु गरेका थिए । सोही क्रममा बिहीबार सुरक्षाकर्मी समेत परिचालन गर्नुपरेको थियो ।

बिहीबार भएको छलफलमा विराटनगर-१६ का वडाध्यक्ष उद्धवकुमार भुजेलको संयोजकत्वमा बर्जु गाउँपालिकाका प्रतिनिधि तथा स्थानीय सहभागी रहने अनुगमन समिति गठन गर्ने सहमति भएको छ ।

फोहोर विसर्जन गर्दा दुर्गन्ध नियन्त्रणका लागि दैनिक रूपमा केमिकल प्रयोग गर्नुपर्ने, फोहोरलाई तत्काल माटोले पुर्नुपर्ने, विसर्जन केन्द्रसम्म जाने सडक स्तरोन्नति गर्नुपर्ने, फोहोर बोक्ने सवारी साधन अनिवार्य रूपमा त्रिपालले छोप्नुपर्ने तथा वर्षायाममा केशलिया खोलाको पानी पस्न नदिन तटबन्ध वा पर्खाल निर्माण गर्नुपर्ने उनीहरूको माग अनुसार सहमति भएको हो ।

सहमति कार्यान्वयन नभएमा पुनः अवरोध गर्ने स्थानीयले चेतावनी दिएका छन् । महानगरपालिकाबाट दैनिक करिब सय मेट्रिक टन फोहोर संकलन हुँदै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!