
धनकुटा । नेपाली कम्युनिष्ट पार्टीले धनकुटामा जिल्लास्तरीय एकता सन्देश सभाको आयोजना गरेको छ । जिल्ला समितिले आज पत्रकार सम्मेलन गर्दै पुस १३ गते धनकुटामा एकता भेला गर्न लागिएको जानकारी दिएको हो ।
भेलालाई सम्बोधन गर्न कम्युनिष्ट पार्टीका केन्द्रीय नेता तथा पूर्वमन्त्री भीम रावलले सम्बोधन गर्नेछन् । यस्तै भेलामा हरिबोल गजुरेल साथै कोशी प्रदेशका नेताहरूको उपस्थिति हुने जनाइएको छ ।
केन्द्रीय नेताको उपस्थितिमा पार्टी एकता सन्देश सभा गर्न लागिएको पार्टीका नेता कुसुम कुमारी श्रेष्ठले जानकारी दिइन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका दलहरूको एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीले सातवटै प्रदेशमा एकता सन्देश सभा आयोजना गरिरहेको छ ।
जिल्लास्तरीय एकता सन्देश सभा पश्चात् क्रमशः पालिकास्तरीय एकता सन्देश सभा गर्ने तयारी गरिएको नेकपाका केन्द्रीय सदस्य धर्मराज पौडेलले जानकारी दिए । धनकुटा बसपार्कबाट प्रदर्शनसहित सामुदायिक भवनमा पुगेर एकता सभा हुने जनाइएको छ ।

सन्तोष सुवेदी/संगालोखबर 













