संगालोखबर
सांकेतिक तस्वीर

झापा । झापाको बिर्तामोड नगरपालिका-४ आगमनटोलमा घरको रेलिङबाट खसेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ वर्षीय रियान्स कार्की छन् ।

प्रहरीका अनुसार गत पुस २ गते साँझ रियान्स आफ्नै तीनतले घरको माथिल्लो तलाको रेलिङमा खेलिरहेका थिए । सोही क्रममा अचानक सन्तुलन गुमाएर भुइँमा खसेका उनी गम्भीर घाइते भएका थिए ।

Advertisement

घाइते बालकको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेकोमा आज निधन भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!