संगालोखबर


विराटनगर । विराटनगरमा तीन दिनपछि फोहोर संकलन सुरु भएपनि ल्यान्डफिल साइटमा अवरोध कायमै छ । ल्यान्डफिल साइड विवादका कारण ७, ८ र ९ गते फोहोर संकलन नभएको विराटनगरमा आजबाट नियमित फोहोर संकलन सुरु भएको हो । तर ल्यान्डफिल साइटमा अहिले फोहोर लिएर गएका गाडी स्थानीयको अवरोधका कारण रोकिएका छन् ।

नेपाल फूलबारी, स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल र सगरमाथा मल्टि सर्भिसेजले ल्यान्डफिल साइडको समस्या समाधान भएपछि मात्रै फोहोर उठाउने भन्दै सामाजिक सञ्जालमा सूचना जारी गरेका थिए ।

Advertisement

नेपाल फूलबारीले आजबाट नियमित फोहोरमैला संकलन सुरु गरिएको जनाएको छ । तर सुनसरीको बर्जु गाउँपालिकाका स्थानीय र दरैयावासीका स्थानीयको अवरोधका कारण आज फोहोर लिएर गएका गाडी ल्यान्डफिल साइटमा पुग्न सकेका छैनन् ।

‘बर्जुका स्थानीयको अवरोधका कारण फोहोर संकलन रोकिएको थियो’, महानगरमा सरसफाइ शाखा प्रमुख पुनम दाहालले संगालोखबरसँग भने, ‘महानगरको आफ्नै जग्गा हो । अहिले अस्थायी भएपनि व्यवस्थित बनाउँछौं ।’ बर्जु तिरका स्थानीयले अवरोध गर्दा फोहोर लिएर गएका गाडी रोकिएका दाहालले जानकारी दिए ।

ल्यान्डफिल साइटमा स्थानीयको अवरोधपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । पुस १ गतेबाट विराटनगर-६ ब्रम्हपुराबाट विराटनगर-१२ दरैयामा डम्पिङ साइट स्थानान्तरण गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!