
विराटनगर । विराटनगरमा आजबाट १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विराटनगर महानगरपालिकाको आयोजना तथा एभरेष्ट माध्यमिक विद्यालयको संयोजनमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको सहिद रङ्गशालामा मेयर नागेश कोइरालाले उद्घाटन गरेका हुन् । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ सुरु भएको प्रतियोगिता पुस ११ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा महानगरभित्र सञ्चालित ६१ वटा निजी तथा सामुदायिक विद्यालयका एक हजार पाँच सय २५ जना विद्यार्थीहरूले सहभागि हुनेछन् । प्रतियोगितामा भलिबल, कवड्डी, एथलेटिक्स, मार्सल आर्ट, तेक्वान्दो, उसु लगायतका खेल समावेश गरिएको छ ।

संगालोखबर 













