संगालोखबर
फाइल तस्बिर

विराटनगर । झापाको मेचीनगर-४ स्थित बाहुनडाँगीको खड्का डाँडा नजिकै जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज बिहान हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक पुरुष करिब ५५ वर्षका देखिएपनि उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनास्थल भारतीय सिमाना नजिकै पर्छ  । मृतक पुरुषपनि भारतीय हुनसक्ने प्रहरीको अनुमान छ ।

Advertisement

घटनास्थलबाट कानुनी प्रकृया पूरा गरेर शव पोष्टमार्टमका लागि लैजाने तयारी भइरहेको झापा प्रहरीले जनाएको छ । मृतकको सनाखतको प्रयास पनि भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!