
बुटवल । नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले डीएसपी नेपाल बहुविवाहको कसुरमा पक्राउ गरेको हो ।
उनकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
नेपालमाथि ३ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको बहुविवाहबारे थप प्रमाण बुझ्ने काम भइरहेको र दोस्रो श्रीमतीको खोजी कार्य भइरहेको छ ।

संगालोखबर 













