
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७ जितपुरमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । निजामती कर्मचारी अस्पताल काठमाडौंको आयोजना तथा अर्खौले जितपुर सेवा समाज र महालक्ष्मी नगरपालिकाको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर हुन लागेको हो ।
स्वास्थ्य शिविर मंसिर २५ र २६ गते बिहान ८ः१५ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ । शिविरमा हाडजोर्नी, फिजियोथेरापी, स्त्री तथा प्रसूति, शल्य चिकित्सा, छाला रोग, आँखा रोग, जनरल मेडिसिन, श्वासप्रश्वास, इन्टरनल मेडिसिन, मानसिक स्वास्थ्य र बालरोग सेवा प्रवाह हुनेछन् ।
यस्तै नाक, कान, घाँटी, फार्मेसी, भिडियो एक्सरे, प्रयोगशाला, ईसीजी, फोक्सो तथा दन्तरोग सेवा सञ्चालन गरिने आयोजकले जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्र अर्खौले जितपुरमा स्वास्थ्य शिविर सञ्चालन हुने छ । स्वास्थ्य शिविरका लागि विशेषज्ञ टोली आउने छ । अर्खौले जितपुर सेवा समाजले विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ ।

संगालोखबर 













