संगालोखबर


जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले मन्त्रीमण्डल विस्तार गरेका छन् । नेपाली काँग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट तीन जना मन्त्री बनेका छन् ।

जनमत पार्टीबाट महेश प्रसाद यादव, काँग्रेसबाट जंगीलाल राय र नेकपा एकीकृत समाजवादीबाट कनिश पटेल मन्त्री बनेका छन् । उनीहरूमध्ये यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । दुई जना मन्त्रीलाई भने कुनै विभागको जिम्मा दिइएको छैन ।

Advertisement

नवनियुक्त तीनै जना मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका छन् । उनीहरूलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले पद तथा गोपनियताको शपथ ग्रहण गराए हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!