संगालोखबर


झापा । झापाबाट राजश्व छलीको सामानसहित तीन वटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । चेकजाँचका क्रममा अवैध सामान लोड गरेको पाइएपछि प्रहरीले तीन वटा गाडी नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार मे १ च ६८९२, प्र १-०१-००१ च ७५२४ र मे १ च ४०४५ नम्बरका तीन वटा गाडी नियन्त्रणमा छन् । प्रहरीले गाडीबाट ठूलो परिमाणमा रक्सीसहित अन्य सामान बरामद गरेको छ ।

Advertisement

डाइपर ४१ कार्टुन, कस्मेटिक सामान १९ कार्टुन, चुलबुल लेखिएको रक्सी २०० कार्टुन, गोर्खा बियर १५० कार्टुन, बिस्कुट १६ कार्टुन तथा सेलो र बिकुल लेखिएको खाने तेल ८० कार्टुन नियन्त्रणमा लिइएको झापा प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले अर्जुनधारा-११ का ४३ वर्षीय दिलिप खड्का, अर्जुनधारा-५ का ५४ वर्षीय राजाराम खड्का र भद्रपुर-१ का ४७ वर्षीय उदेन राईसमेत नियन्त्रणमा लिएको छ । उनीहरूलाई सामानसहित आवश्यक कारबाहीका लागि राजस्व कार्यालय इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!