
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले राजिनामा दिने तयारी गरेका छन् । विश्वासको मत नपाउने निश्चित भएपछि उनले राजीनामा दिने तयारी गरेको बताइएको छ । प्रदेश सभा बैठकमा आफ्ना धारणा राखेर राजीनामा दिने उनको तयारी छ ।
विश्वासको मत लिनका लागि आज बिहान साढे ८ बजे नै प्रदेश सभा बैठक बोलाइए पनि बैठक सुरु हुन सकेको छैन । प्रदेश सभा बैठकमा मुख्यमन्त्री नै नगएपछि दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।
सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।

संगालोखबर 













