
विराटनगर । ओखलढुङ्गामा पनि नेकपा एमालेको राष्ट्रिय महाधिवेशनका लागि पुनः प्रतिनिधि छनोट गर्न केन्द्रीय कार्यालयले निर्देशन दिएको छ ।
केन्द्रीय कार्यालयले ८ मध्ये ६ वटा पालिका कमिटीहरूको माग र बहुसङ्ख्यक उम्मेदवारहरूको असहमति रहँदा रहँदै जबर्जस्ती प्रतिनिधि छनौट गरिएको उल्लेख गर्दै पुनः निर्वाचन गर्न निर्देशन दिएको हो ।
प्रदेश पार्टी कमिटी र केन्द्रीय संगठन विभागको निर्देशन समेतको अवज्ञा गरी सदरमुकाममा सम्पन्न भनिएको उक्त निर्वाचन स्वीकार गर्न नसकिने पत्रमा भनिएको छ ।
कार्यालयले प्रभावकारी माध्यमबाट सबै सदस्यलाई सूचना सम्प्रेषण गरी पालिकास्तरमा नै मतदान केन्द्रको व्यवस्थापन गरेर पाँच दिनभित्र पुनः निर्वाचन गर्न जिल्ला कमिटी ओखलढुंगालाई पत्र काट्दै निर्देशन दिएको छ ।
निर्वाचन प्रक्रियामा सहयोग र सहजिकरणका लागि प्रदेश इन्चार्ज शेरधन राई तथा केन्द्रीय नेताहरू विशाल भट्टराई, यज्ञराज सुनुवार र किशोर अधिकारीलाई तोकिएको छ ।


संगालोखबर 













