संगालोखबर
फाइल तस्बिर

विराटनगर । भोजपुर र धनकुटाका विभिन्न स्थानबाट प्रहरीले करिब आठ हजार गाँजाका बोट फडानी गरेर नष्ट गरेको छ । डाँडा पाखामा आफैँ उम्रिएको तथा बारीमा लगाएको गाँजाको बोटबिरुवा प्रहरीले फडानी गरेर नष्ट गरेको हो ।

सोमबार जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय घोडेटारसहित अन्य प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकाका विभिन्न स्थानबाट गाँजा फडानी गरेको हो ।

Advertisement

प्रहरीका अनुसार ७२ रोपनी क्षेत्रफलबाट सात हजार दुई सय ५० वटा गाँजाको बोटबिरुवा फडानी गरेको प्रहरीले जनाएको छ ।

यस्तै इलाका प्रहरी कार्यालय छिन्ताङ धनकुटाबाट खटिएको प्रहरी टोलीले सहिदभूमि गाँउपालिका-३ बाट करिब ३ रोपनी क्षेत्रफलबाट सात  सय  गाँजाको बोट फडानी गरेर नष्ट गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!