संगालोखबर


विराटनगर । इलाममा नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको इलामबाट खुला, आरक्षित कोटा गरी २० जना प्रतिनिधि चयन भएका हुन् ।

इलाम क्षेत्र नम्बर १ बाट खुला तर्फ उदयबहादुर राई, उमेश गुरुङ, काजीमान कागते, खम्बसिंह लिम्बु र दीपककुमार थेबे चयन भएका छन् । यस्तै महिला तर्फ उमादेवी सुनुवार, शकुन्तला लेप्चा र सावित्रा शिवा निर्विरोध हुँदा युवातर्फ निरोज पौडेल चयन भएका छन् ।

Advertisement

इलाम क्षेत्र नम्बर २ बाट खुला तर्फ सुहाङ नेम्वाङ, केशवकुमार धौराली, गणेशप्रसाद बराल, दिपेन्द्र खनाल, महेश बस्नेत र हेमन्त राई सर्वसम्मत प्रतिनिधि चयन भएका छन् ।

महिला तर्फ टीकादेवी घिमिरे, दिलकुमारी लिम्बु र पबिमाया राई चयन भएका छन् । युवातर्फ रामप्रसाद सुवेदी (रविन्द्र) तथा दलित कोटाबाट देवेन्द्र विश्वकर्मा निर्विरोध प्रतिनिधि चयन भएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!