संगालोखबर


इलाम । इलाम नगरपालिका-९ भञ्ज्याङ गोलाईमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा इलाम नगरपालिका-९ गोलबस्तीका २६ वर्षीय डेबिड थापा मगर र माईजोगमाई-१ नयाँबजारका १८ वर्षीय छेवाङ शेर्पाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल इलाम लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Advertisement

झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ख ४१०१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १-०१-०१२ प ४८९९ नम्बरको स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

ट्रक चालक इलाम नगरपालिका-५ बिब्ल्याँटेका २५ वर्षीय रामप्रसाद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!