संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका झापाका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह-२ का ५५ वर्षीय सूर्यप्रसाद पोखरेल छन् ।

प्रहरीका अनुसार उनले सर्लाहीको लालबन्दी नगरपालिका-७ डुमडुमे मन्दिर नजिक शरीरमा पेट्रोल छरेर आगो लगाएर आत्मदाह प्रयास गरेका थिए । उनको उपचारको क्रममा मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार मंगलबार साँझ करिब ७ः४० बजे आगो लागेको देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय लालबन्दीमा खबर गरेका थिए । खबर पाउनासाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले उनलाई उद्धार गरेर उपचारका लागि तत्कालै सिटी हेल्थ केयर लालबन्दी पुर्याएको थियो ।

आगोबाट ९० प्रतिशत शरीर जलेको र अवस्था अत्यन्त गम्भीर रहेकोले उनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ पठाइएको थियो । उनको उपचारका क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको पहिचान मोबाइलमार्फत भएको हो । मोबाइलमा उनका भान्जाको नम्बर भेटेको र त्यहाँबाट सम्पर्क गरेपछि मृतकका आफन्तहरू सम्पर्कमा आएको प्रहरीले जनाएको छ । उनले शरीरमा आगो लगाउनुको कारण खुल्न बाँकी छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!