
विराटनगर । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका दुई जना कैदीबन्दी झापाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५८ वर्षीय मदन पोखरेल र ५८ वर्षीय उत्तम ठकुरी छन् ।
विशेष सूचनाका आधारमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले आज बिहान उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक प्रक्रिया पूरा गरी झुम्का कारागार पठाइने तयारी भइरहेको झापा प्रहरीले जनाएको छ ।

संगालोखबर 













