संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर-१५ स्थित रानी अस्पतालबाट निःशुल्क बर्थिङ सेन्टर (प्रसूति सेवा) सुरु गरेको छ । मातृ तथा शिशुको मृत्युदर घटाउने उद्देश्यले दक्षिणी क्षेत्रमा २४ सै घण्टा निःशुल्क प्रसूति सेवा सुरु गरिएको हो ।

उपमेयर शिल्पा निराला कार्की र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलको उपस्थितिमा मेयर कोइरालाले प्रसूति सेवाको उद्‌घाटन गरे । महानगरले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको मेयर कोइरालाले बताए ।

Advertisement

उनले प्रसूति सेवा सञ्चालनमा आएसँगै दक्षिणी क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा लिन सहज हुने बताए । उपमेयर कार्कीले आगामी दिनमा रानी अस्पतालबाट अन्य सेवालाई विस्तार गरिने बताइन् । उनले प्रसूति सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिइन् ।

रानी अस्पतालमा हाल फिजियो थेरापी, ओपीडी, स्वास्थ्य बिमा, परिवार नियोजन, खोप सेवा, मातृशिशु र मनोपरामर्शलगायतका सेवाहरू उपलब्ध छन् । मोरङका १७ पालिकामध्ये विराटनगर महानगरले स्वास्थ्य सेवा कार्यक्रम मूल्याङ्कनमा तेस्रो स्थान प्राप्त गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!