संगालोखबर
तस्बिर : इन्दु साह/संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिका-७ स्थित सात घुम्तीनजिक एउटा प्लाष्टिक उद्योगको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान लागेको आगो करिब दुई घण्टामा नियन्त्रणमा लिइएको हो ।

विराटनगरका नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार पाँच वटा दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ । विराटनगर महानगरपालिकाका दुई, दुहबी नगरपालिकाको एक, बेलबारी नगरपालिकाको एक र सुन्दरहरैँचाको एक गरि पाँच वटा दमकलले आगो नियन्त्रणमा लिएको पौडेलले जानकारी दिए ।

Advertisement

शिवशंकर अग्रवालको प्लाष्टिकको गोदाम राखेको स्थानमा आगलागी भएको उनले बताए । ‘बीच बजारमा एकदमै घुमाउरो ठाउँ, जहाँ दमकल सजिलै पुग्न सक्दैन । त्यस्तो ठाउँमा आगो लागेको कारण एकदम गाह्रो तरिकाले नियन्त्रणमा लिइयो’, उनले भने, ‘सजिलैसँग दमकल जान नसक्दा पनि बढी समय लागेको हो ।’

गोदाममा लागेको आगो अन्यत्र फैलन नपाउँदै नियन्त्रणमा लिएका कारण सम्भावित क्षति कम भएको उनको भनाइ छ । आगलागीको कारण खुल्न बाँकी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!