
सिराहा । सिराहाको लहान नगरपालिका-१ स्थित पूर्वपश्चिम राजमार्गबाट गाँजा बोकेको ट्रकसहित प्रहरीले दुई युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको धर्मदेवी नगरपालिका-९ छिपीधाराका २४ वर्षीय टंक विश्वकर्मा र धनकुटाको छथर जोरपाटी गाउँपालिका-२ का २२ वर्षीय खेम राना मगर छन् ।
प्रहरीका अनुसार विश्वकर्मा ट्रक चालक हुन भने मगर सह-चालक हुन् । विशेष सूचनाका आधारमा ना ५ ख ३२०९ नम्बरको मालवाहक ट्रकलाई चेकजाँच गर्दा एक हजार १५ किलो तीन सय ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै जनाविरुद्ध सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भएको छ । उनीहरूका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













