
झापा । जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-८ का २९ वर्षीय आशिष सुब्बा छन् ।
सुब्बा सालकको आखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी रहेका थिए । प्रहरीले खोजतलासका क्रममा उनलाई घरबाटै आइतबार पक्राउ गरेको हो ।
चितवन कारागारबाट भागेपछि सुब्बा आफ्नै घरमा आएर लुकिछिपी बस्दै आएका थिए । पक्राउपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएका सुब्बालाई चितवन कारागारमा पठाइने भएको छ ।

संगालोखबर 













