सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-३ स्थित कृषि अनुसन्धान केन्द्रमा विभिन्न प्रजातिका खाद्यबालीको गुणस्तरीय बिउ भण्डारणमै थन्किएको छ । स्थानीय सरकारसँग समन्वय नहुँदा केन्द्रले उत्पादन गरेको गुणस्तरीय बिउ बिक्री नभएपछि भण्डारणमै थन्किएको हो ।

केन्द्रले विभिन्न प्रजातिका खाद्यबालीको बिउ उत्पादन गर्दै आएकोमा बिक्री नहुँदा समस्या भएको छ । तर पनि केन्द्रले बिउ उत्पादनलाई निरन्तरता दिँदै आएको छ । अनुसन्धान केन्द्रले यो वर्ष करिव साढे ४ टन गुणस्तरीय गँहुको बिउ उत्पादन गरेको थियो । तर उत्पादन भएको मध्ये आधा मात्रै बिक्री भयो ।

Advertisement

यस्तै साग, मुला, मुसुरो लगायत विभिन्न बालिको गुणस्तरीय बिउ पनि भण्डारणमै थन्किएको छ । उत्पादन भएको सबै बिउ बिक्री हुने अवस्था नभएको कृषि प्राविधिक सविन विश्वकर्माले बताए ।

केन्द्रमा करिब छ वर्ष अघिसम्म गँहुको बिउ दुई चरणमा उत्पादन हुनेगरेको थियो । दुई चरणमा उत्पादन भएको बिउले पनि माग धान्न नसक्दा विभिन्न जिल्लाका कृषि विकास कार्यालय तथा समुहहरू रित्तो हात फर्कन बाध्य थिए । तर अहिले उत्पादन भएको बिउ बिक्री हुन हम्मेहम्मे भएको छ ।

आफूहरूले आफ्नो कार्यक्षेत्रमा पर्ने दशवटा जिल्लाका सबै स्थानीय तह र कृषि ज्ञान केन्द्रलाई बिउको बारेमा पत्राचार गरेपनि ती स्थानीय तहहरूले कुनै चासो नदिएको कार्यालय प्रमुख वरिष्ठ वैज्ञानिक प्रेमिल केशीले बताए । प्रत्येक स्थानीय तहहरूले बाहिरबाटै बिउ ल्याउने गरेका कारण बिक्रीमा कमी भएको अनुमान गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!