
ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा ३४ लाख बढी भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार कात्तिक महिनामा ३४ लाख ४८ हजार पाँच सय भेटी सङ्कलन भएको हो ।
समितिले हरेक महिनाको मसान्तमा सार्वजनिक गर्दै आइरहेको छ । अहिले पाथीभरा दर्शनका लागि प्रमुख सिजन भएका कारण दर्शनार्थीको सङ्ख्यामा वृद्धि भएको छ ।
तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरी पोकामा लाहा छाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् ।

संगालोखबर 













