
झापा । झापामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गौरादह नगरपालिका-१ गैरिया की ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो ।
गत कात्तिक २१ गते साँझ गैरिया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे १ ह ५७५४ नम्बरको अटोले धान लोड गरिरहेको प्रदेश १-०२-००१ ख ९०९३ नम्बरको मिनी ट्रकको पछाडि ठक्कर दिएको थियो ।
दुर्घटनामा अटो चालक गौरादह-१ का ४८ वर्षीय मोहम्मद डोमा घाइते भएका थिए । उनको बायाँ हातमा चोट लागेको प्रहरी जनाएको छ ।
सोही अटोमा सवार उनकी ३७ वर्षीया श्रीमती खातुन गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

संगालोखबर 













