
विराटनगर । पाँचथर र इलामको सीमावर्ती क्षेत्र गोरुवाले भन्ज्याङ नजिकै ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँचथरको फिदिम नगरपालिका-१४ घर भएका सोमबहादुर राईको मृत्यु भएको हो ।
इलामको माइमझुवाबाट नेपाली हाते कागज बनाउने लोक्ताको भारी लिएर पाँचथरको लुङरुपातर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त ३४०२ नम्बरको ट्याक्टर शनिबार राति भीरबाट खस्दा राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । राई उक्त ट्याक्टरका सहचालक हुन् ।
दुर्घटनामा परेर अन्य २ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल लगिएको छ । दुर्घटनापछि फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













