संगालोखबर


विराटनगर । विश्व मधुमेह दिवसको अवसरमा डायबिटिज एण्ड इन्डोक्राइनोलोजी एसोसिएसन नेपाल (डिन) ले विराटनगरमा सचेतनामूलक र्‍याली निकालेको छ । विश्वव्यापी नारा ‘मधुमेह र स्वस्थ जीवन’ लाई प्रवर्द्धन गर्न ब्यानरसहित सचेतनामूलक र्‍याली निकालिएको हो ।

पिपल चोकबाट सुरु भएर नोबेल अस्पतालमा समापन भएको र्यालीमा स्वास्थ्यकर्मी तथा सचेत नागरिकहरूको सहभागिता थियो । मधुमेहबारे समुदायस्तरमा सचेतना पुर्याउन र्‍याली आयोजना गरिएको इन्डोक्राइनोलोजिस्ट डा. प्रताप रोयले बताए ।

Advertisement

मधुमेहको व्यवस्थापनका लागि औषधी मात्रै पर्याप्त नभएकाले स्वस्थ खानपान, नियमित व्यायाम र मानसिक स्वास्थ्यको हेरचाह आवश्यक पर्ने उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!