संगालोखबर


विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले स्वास्थ्य तथा चिकित्सा शिक्षा अन्तर्गतका अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदानको घोषणा गरेको छ ।

अनुसन्धान संस्कृतिलाई बढावा दिन र अनुसन्धान कर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यअनुरूप नोबेलले वार्षिक १० लाख रुपैयाँको अनुसन्धान अनुदान घोषणा गरेको हो ।

Advertisement

कात्तिक २६ गते नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका सञ्चालक डा. सुनिल कुमार शर्मा र उनकी पत्नी इन्दिरा शर्मा बरालले संयुक्त रुपमा अनुसन्धान इकाईको उद्‌घाटन गरेका छन् ।

नोबेलका बोर्ड सल्लाहकार सोइना शर्मा, पदाधिकारीहरू, विभिन्न विभागका फ्‍याकल्टी सदस्यहरू, अनुसन्धान इकाईका पदाधिकारी र कर्मचारीहरूको उपस्थितिमा भएको कार्यक्रममा अनुसन्धान इकाईका प्रमुख प्रा. डा. गेहनाथ बरालले नोबेलले स्वास्थ्य उपचारको क्षेत्रमा एक उचाइ प्राप्त गरिसकेको बताए ।

उनले स्वास्थ्य एवं चिकित्सा शिक्षाका विविध अनुसन्धानलाई अगाडि बढाउन आवश्यक रहेको उल्लेख गर्दै अनुसन्धान इकाईको व्यवस्था तथा अनुसन्धान अनुदानको प्रावधानले ठूलो योगदान गर्ने विश्वास व्यक्त गरे ।

नोबेलका प्रमुख कार्यकारी अधिकारी प्रा. डा. रामहरी घिमिरेले अनुसन्धान तथ्य र यथार्थपरक ढंगबाट सम्पन्न गरी चिकित्सा स्वास्थ्यको क्षेत्रमा योगदान पुर्याउन सक्ने हुनुपर्नेमा जोड दिए ।

घोषित पुरस्कार अनुसार नोबेलमा कार्यरत फ्‍याकल्टी, चिकित्सक, चिकित्सा कर्मचारी, विद्यार्थीहरूको अनुसन्धान टोली ३ वटा र नोबेल बाहिरका ३ गरी वार्षिक ६ वटा नेपाल भित्रका र दुई वटा अन्तर्राष्ट्रिय अनुसन्धानलाई अनुदान प्रदान गरिने छ । यो अनुदान प्राप्त गर्न नोबेलको अनुसन्धान इकाईको कार्यविधि अनुसारको प्रकृया पुरा गर्नुपर्ने जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!