संगालोखबर


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरेका हुन् ।

मन्त्रिपरिषद्को सोमबारको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मधेश प्रदेशका प्रदेश प्रमुख भण्डारीलाई राष्ट्रपतिले मंगलबार पदमुक्त गरेका हुन् ।

Advertisement

प्रदेश प्रमुख भण्डारीले झिसमिसेमै होटलमा पुगेर मुख्यमन्त्री सरोजकुमार यादवलाई शपथ गराएपछि आलोचना भएको थियो । सरकारले सुरेन्द्र लाभलाई नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!