
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका बगाहा-४ स्थित गाईघाट कदमाहा सडकखण्डमा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । गाईघाट बजारबाट सिरहाको लहानतर्फ जाँदै गरेको ना १ ज ८३९१ नम्बरको गाडी त्रियुगा नगरपालिका-४ को बगाहा सडकखण्डमा आज अनियन्त्रित भई दुर्घटना भएको हो ।
घाइते हुनेमा त्रियुगा नगरपालिका-२ का ७७ वर्षीय कमल खड्का, ५७ वर्षीय नरबहादुर खत्री र त्रियुगा नगरपालिका-१२ का १७ वर्षीया प्रतीजा विक रहेका प्रहरीले जनाएको छ ।
यसैगरी सप्तरीको हनुमान नगरपालिका-२ का २७ वर्षीय उपेन्द्र साह, काठमाडौं गोकर्णेश्वर-२ का ५४ वर्षीय शम्भुप्रसाद पोखरेल, ओखलढुङ्गा खिजीतेम्बा गाउँपालिका-२ का ४५ वर्षीय तीर्थराज घिमिरे, त्रियुगा नगरपालिका-७ चुहाडेका २२ वर्षीय केवल ठकुरी, त्रियुगा नगरपालिका-११ का ७४ वर्षीय पूर्णबहादुर राई र ६० वर्षीया रामकुमारी राई तथा चालक सप्तरीको हनुमाननगर-२ का २७ वर्षीय उपेन्द्र साह रहेका छन् ।
घाइतेमध्ये चार जनालाई थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













