
उदयपुर । उदयपुरमा थ्रेसर मेसिन जडान भएको ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । दुर्घटनामा त्रियुगा नगरपालिका-५ पिपलचौरीका ५८ वर्षीय दमसेर राईको मृत्यु हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
आज बिहान करिब ८ः४५ बजे त्रियुगा नगरपालिका-५ गेरुवाई खोला नजिक पिपलचौरीमा लालपत्तातर्फ आउँदै गरेको स १ त ५४३५ नम्बरको थ्रेसर मेसिन जडान भएको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक फरार छन् । उनको खोजी भइरहेको र दुर्घटनासम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













