
काठमाडौं । नेपाल प्रहरीको ट्रयाकसुट लगाएर हिँड्दै गरेका व्यक्ति लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछाम मल्लेक गाउँपालिका-७ घर भएका २२ वर्षीय अमृत साउद छन् ।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनमा लुटपाट गरेको ट्रयाकसुट लगाएर हिँडिरहेको अवस्थामा आज बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनी काठमाडौंको कपनमा बस्दै आएका थिए । प्रहरीको ट्रयाकसुट लगाएर हिँडिरहेको अवस्थामा फेला परेपछि प्रहरी उनको डेरामा पुगेको थियो ।
उनको कोठा खानतलासी गर्दा प्रहरी प्रभाग कपनबाट लुटिएका कम्प्युटर, सीपीयू, प्रिन्टर, प्रहरीको रेनकोट, बुट र तरबार फेला परेको छ ।

संगालोखबर 













