
खोटाङ । जेनजी आन्दोलनको क्रममा हिरासतबाट भागेका एक व्यक्ति खोटाङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको जन्तेढुंगा गाउँपालिका-६ केराबारीका २३ वर्षीय प्रबिन मगर छन् ।
जबरजस्ती करणीको मुद्दामा अनुसन्धानमा रहेका मगर भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा काभ्रे जिल्लास्थित बनेपा इलाका प्रहरी कार्यालयको हिरासतबाट भागेका थिए ।
आफ्नै घरमा लुकिछिपि बसेको अवस्थामा इलाका प्रहरी कार्यालय चिसापानीले उनलाई पक्राउ गरेको हो । उनलाई बनेपा प्रहरीको जिम्मा लगाइसकिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

संगालोखबर 













