सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा डेरी उद्योग थपिन थालेका छन् । पछिल्लो समय व्यवसायी छुर्पी उत्पादन बढेसँगै डेरी उद्योग पनि थपिन थालेका हुन् । घ्यू र छुर्पीको माग बढेपछि गाउँमा उद्योग थपिएपछि रोजगारी पाउने युवाको संख्या बढ्न थालेको छ । डेरी उद्योगबाट घ्यू, चिज, पनिर र खुवा लगायत पनि उत्पादन हुँदै आएको छ ।

नेपालीको सेनाको जागिरबाट अवकाश भएपछि छुर्पी उत्पादनमा लागेका महालक्ष्मी नगरपालिका-१ का रामबहादुर पौडेलले आठ जनालाई रोजगारी दिएका छन् । व्यवसायिक गाईभैँसी पालन बढेसँगै उत्पादित दूधले बजार नपाइरहेको अवस्थामा गाउँमै डेरी उद्योग खुल्दा कृषकहरू पनि हर्षित छन् ।

Advertisement

धनकुटामा हाल ५० भन्दा बढि डेरी उद्योग सञ्चालनमा छन् । दूध खेर जान नदिन डेरी उद्योग सञ्चालन गरिएको धनकुटा नगरपालिका-२ भीर गाउँका राजु घिमिरेले बताए । छुर्पीबाट राम्रो आम्दानी हुनेगरेको उनको भनाइ छ ।

गाउँमै छुर्पी उद्योग स्थापनासँगै किसानले उत्पादन गरेको दूधले बजार पाउन थालेको छ । उत्पादित छुर्पी नेपालका विभिन्न स्थानसँगै बाह्य देशमा समेत निर्यात हुने गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!