संगालोखबर


झापा । झापामा नेकपा एमालेले मोटरसाइकल र्‍याली निकालेको छ । एमाले अर्जुनधारा नगर कमिटीले आज वृहत मोटरसाइकल र्‍याली निकालेको हो । बिर्तामोडको महानन्द चोकबाट सुरु भएको मोटरसाइकल र्‍याली नारायणथान, खुदुनाबारी हुँदै बजारका विभिन्न स्थानको परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा सहभागीहरूले आगामी राजनीतिक तथा सामाजिक अभियानमा युवाको नेतृत्व र सहभागिता आवश्यकता रहेकोमा जोड दिएका थिए । नेकपा एमाले अर्जुनधारा नगरकमिटीका  युवा नेताहरूले पार्टीले जनतामाझ नयाँ शैली र दृष्टिकोणसहित अभियान अघि बढाएको बताए ।

Advertisement

उनीहरूले जेनजी पुस्ताका माग र आकांक्षालाई सम्बोधन गर्दै राजनीतिक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए । र्‍यालीका क्रममा युवाहरूले ‘रोजगारी, स्वाभिमान र स्वदेशमै अवसर’, ‘जेनजीको अभियान, एमालेको पहिचान’ जस्ता नारा लगाएका थिए । उनीहरूले सामाजिक सञ्जाल र प्रविधिको सदुपयोग गर्दै संगठन विस्तार र विचार प्रचारमा सक्रिय हुने प्रतिवद्धता पनि जनाए ।

युवा नेता तथा अर्जुनधारा नगरपालिका प्रमुख बलदेव गोमदेनले अहिलेको पुस्तालाई सुन्ने, बुझ्ने र उनीहरूको आवाजलाई राजनीतिक निर्णयमा रूपान्तरण गर्ने कामको सुरुवात भएको बताए । एमालेले हाल देशव्यापी रूपमा युवा पुस्तासँग संवाद र सहकार्य गर्ने उद्देश्यले विभिन्न स्थानमा अभियान सञ्चालन गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!