संगालोखबर


झापा । झापाको शिवसताक्षी नगरपालिका-१० का ३३ वर्षीय सरोज शर्माको हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको छ । आज बिहान बाह्रदशी र झापा गाउँपालिकाको सिमानामा पर्ने बिरिङ नदीको पुल मुनि गाडिएको अवस्थामा शव फेला परेको हो ।

शर्मा सात दिनअघि बा १-०३० च ७१९४ नम्बरको आफ्नै कारसहित हराएका थिए । दुई दिनअघि मात्र उनको कार चारआली-भद्रपुर सडक खण्ड अन्तर्गत चारआली जंगलको हातेमालो सामुदायिक बनभित्र जलिरहेको अवस्थामा फेला परेको थियो । कारमा आगो कसले लगायो भन्ने खुल्न बाँकी छ ।

Advertisement

शर्माले लगाएको लुगा र हुलियाको आधारमा शवको पहिचान भएको प्रहरीले जनाएको छ । झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार उनको टाउको गम्भीर चोट पनि देखिएको छ ।

उनको हत्या गरी शव गाडेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको खड्काको भनाइ छ । शवको कानुनी प्रक्रिया पूरा पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

घटनामा संलग्न भएको आशंका प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको छ । पक्राउ पर्नेमा माइधारकै २५ वर्षीय सुनिल साह र अन्दाजी २६ वर्षीय राहुल साह छन् ।

प्रहरीका अनुसार शर्मा गत कार्तिक ९ गते दिउँसो ४ बजे माइधारस्थित घरबाट छठ पूजाका लागि गाडी धुने भन्दै निस्केका थिए । त्यसपछि भने उनी घर फर्किएनन् । काठमाडौंमा आईटी अफिसमा काम गर्दै उनी तिहार तथा छठ मनाउन घर आएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!