इन्दु साह/संगालोखबर


विराटनगर । कोशी प्रदेश सभा सञ्चालनका लागि मोरङको कटहरी स्थित कृषि बजारलाई वैकल्पिक स्थानको रूपमा छनोट गरिएको छ । जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटका कारण प्रदेश सभा ध्वस्त भएपछि वैकल्पिक स्थल छनोट गरिएको हो ।

यसअघि प्रदेश सभा सञ्चालनका लागि विराटनगरको वीरेन्द्र सभागृहलाई अस्थायी स्थलको रूपमा प्रयोग गर्ने तयारी गरिएको थियो । तर आर्थिक भार बढी पर्ने भएकाले पुनः कृषि बजारलाई छनोट गरिएको कार्यवाहक प्रदेश सभा सचिव गौतमराज अमात्यले जानकारी दिए ।

Advertisement

उनका अनुसार सभाहल र सचिवालय दुबै संरचना प्रयोग अयोग्य छन् । जसका कारण वैकल्पिक स्थलको खोजी गर्नु परेको हो । भएकाले कटहरीको कृषि बजार आर्थिक दृष्टिले पनि विराटनगरको वीरेन्द्र सभागृहभन्दा बढी सहुलियतपूर्ण हुने भएको छ ।

अमात्यका अनुसार कृषि बजारलाई वैकल्पिक स्थलका रूपमा प्रयोग गर्ने निर्णय कार्यान्वयनको प्रक्रियामा पुगेको भए पनि कहिलेदेखि सञ्चालन हुन्छ भन्ने यकिन भइसकेको छैन ।

बिहीबार मुख्यमन्त्री हिक्मतकुमार कार्की, सभामुख बिष्टसहितको टोलीले कृषि बजारको स्थलगत अनुगमन पनि गरेको छ । उक्त भवनको स्वामित्व प्रदेश सरकारसँग भएपनि सञ्चालनको जिम्मा कटहरी गाउँपालिकालाई दिइएको छ । प्रदेश सरकारले अब कटहरी गाउँपालिकासँग औपचारिक सहमति लिनुपर्ने हुन्छ । त्यसका लागि प्रदेश सरकारले तयारी थालेको छ ।

करिब १४ करोड लागतमा तयार भएको कृषि बजारको २०७५ चैत ३ गते उद्‌घाटन भएको थियो । तर हालसम्म पनि कृषि बजार पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!