
विराटनगर । चक्रवात ‘मोन्था’ को प्रभावले निरन्तर वर्षा हुँदा आएको बाढी र पहिरोका कारण तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध भएका छन् ।
पाँचथर र धनकुटाको सिमानामा पर्ने नावा खोलामा बाढी आएपछि धरान, धनकुटा, मूलघाट हुँदै पाँचथर-ताप्लेजुङ जोड्ने तमोर करिडोर अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली क्षेत्रमा पनि बाटो बन्द रहेको प्रहरीले जनाएको छ । मोन्थाको प्रभावले कोशी प्रदेशका जिल्लाहरूमा निरन्तर वर्षा भइरहेको छ ।

संगालोखबर 













