
विराटनगर । इलामको देउमाई नगरपालिका-१ कुखुरेमा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते भएका छन् । तेह्रथुमको आठराईबाट झापातर्फ आउँदै गरेको मे १ ज ३१३७ नम्बरको यात्रुबाहक बोलेरो र इलामबाट पाँचथर तर्फ जाँदै गरेको प्र १-०१-०१६ प १३६७ नम्बरको मोटरसाइकल आज बिहान १०ः३० बजे एक-आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक १ र बोलेरोमा सवार ९ सहित १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरीका अनुसार बोलेरो सडकबाट १० मिटर तल झरेको छ ।
बोलेरो चालक आठराई गाउँपालिका-२ का २६ वर्षीय रविन तामाङलाई नियन्त्रणमा लिएको इलामका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर मौसम उदासले संगालोखबरलाई जानकारी दिए । घाइतेहरूको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको प्रहरीको भनाइ छ । घाइतेहरूको अवस्था सामान्य छ ।
घाइतेहरूको नामावली
१. झापा बिर्तामोड नगरपालिका-६ गरामुनीकी ३० वर्षीया सुशीला तिमल्सिना ।
२. तेह्रथुम आठराई-१ का ६५ वर्षीय छविलाल गुरुङ ।
३. सोही स्थानका ३० वर्षीय प्रकाश शेर्पा ।
४. ताप्लेजुङ आठराई-१ निगुरादिनकी ६४ वर्षीया डम्मर कुमारी गुरुङ ।
५. सोही स्थानकी ३० वर्षीय इन्द्र गुरुङ ।
६. सोही स्थानकी २८ वर्षीया अञ्जना गुरुङ ।
७. धनकुटा घर बताउने ३२ वर्षीया सुष्मा लिम्बु ।
८. पाँचथर फालेलुङ-६ सिदिनकी २३ वर्षीया असिना तामाङ ।
९. झापा बुद्धशान्ति-४ जयपुर की २७ वर्षीया चन्द्रकला कालिकोटे ।
१०. मोटरसाइकल चालक पाँचथर हिलिहाङ गाउँपालिका-६ का ३६ वर्षीय लक्ष्मीप्रसाद मैनाली ।

संगालोखबर 













