सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । नरिवल बिस्कुट धनकुटाको पहिचान बन्दै गएको छ । धनकुटामा उत्पादन हुने नरिवल बिस्कुट जो-कोहीले पनि कोसेलीका रूपमा लैजाने गरेका छन् ।

बाहिरी जिल्लाबाट धनकुटा आउने पाहुनाहरूले फर्कने समयमा नरिवल बिस्कुट लैजाने गरेका कारण बिक्री वितरण पनि राम्रो छ । धनकुटा नगरपालिका-४ देव्रेबासका स्वर्गीय विश्वेश्वरमान श्रेष्ठले २००८ सालमा मोहन बिस्कुट उद्योगको स्थापना गरेको इतिहास छ ।

Advertisement

देव्रेबासमा चिया पसल गर्ने श्रेष्ठले ग्राहकको माग अनुसार भारतीय बिस्कुट ल्याएर बेच्ने गरेको र पसलमा चिया पिउन आउने गरेका ग्राहकको सल्लाहमा बिस्कुट बनाउन थालेको इतिहास पाइन्छ ।

ससुराले उद्योग सुरु गरेकै कारण अहिले नरिवल बिस्कुट धनकुटाको कोसेलीको रूपमा चिनिँदै गएको मोहन बिस्कुट उद्योगकी सञ्चालिका मिना श्रेष्ठले बताइन् । स्थानीय स्तरमै उत्पादित दुग्ध, घ्यू र मैदाबाट बन्ने बिस्कुट काँचो इँटा, माटो र चिमबाट निर्मित भट्टीमा पोलिन्छ ।

उद्योगमा नरिवल बिस्कुट, फूल केक, पिस केक, कोको, डोनट, पाउरोटी र बेकरी लगायतका बिस्कुटहरू पनि उत्पादन हुने गरेको छ ।

यहाँ उत्पादन भएको बिस्कुट बढी मात्रमा छिमेकी जिल्लाहरूमा खपत हुने गरेको ओम बिस्कुट उद्योगका सञ्चालक टिकाराम कटवालले बताए । बिस्कुटको माग अनुसार उद्योगहरूलाई थप प्रोत्साहन गर्न आवश्यक रहेको कटवालको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!