संगालोखबर


झापा । झापामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । आज बिहान ४ बजे शिवसताक्षी नगरपालिका-१० माइधार चोकस्थित पूर्वपश्चिम सडक खण्डमा बस दुर्घटना भएको हो ।

प्रहरीका अनुसार रामेछापको मन्थलीबाट काँकरभिट्टा तर्फ जाँदै गरेको प्र १-०१-००१ क ४२०९ नम्बरको रात्रि बस आफैँ अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल खसेको छ ।

बसमा सवार २५ जना यात्रु मध्ये १९ जना घाइते भएका झापा प्रहरीले जनाएको छ । घाइतेहरूको बिर्तासिट अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

घाइतेहरूको नामावली
१. बस चालक झापा मेचीनगर नगरपालिका–६ का ३९ वर्षीय राजु भुजेल
२. रामेछाप मन्थली–१० का ६५ वर्षीय अम्बर बहादुर बुढाथोकी
३.  झापा गाउँपालिका–३ की १७ वर्षीया इक्षा लिम्बु
४. रामेछाप मन्थलि–९ का ३५ वर्षीय भिम प्रसाद पुरी
५. झापा कचनकवल–४ का २० वर्षीय रबिलाल गनेस
६. रामेछाप ठाडादेवी–३ की ६५ वर्षीया मिटु खत्री
७. झापा कचनकवल–४ की २१ वर्षीया परिना गनेस
८. बिर्तमोड–१० की ३६ वर्षीया सुमित्रा खड्का कार्की
९. सोही स्थानका ९ वर्षीय एलोन कार्की
१०. दोलाखा बैनेश्वर–३ का ३० वर्षीय प्रदिप बहादुर बस्नेत
११. रामेछाप देउराली की ८ वर्षीया अनु श्रेष्ठ
१२. दोलखा तामाकोशी–३ का २८ वर्षीय कुमार बस्याल
१३. झापा कचनकवल–६ की २७ वर्षीया भेमा राजवंशी
१४. झापा बिर्तामोड–५ का ३५ वर्षीय रामकुमार श्रेष्ठ
१५. सोही स्थानका ९ वर्षीय रिदम श्रेष्ठ
१६. झापा बिर्तामोड–५ का २३ वर्षीय पुर्ण बहादुर नेपाली
१७. सोही स्थानका १८ वर्षीय शितल नेपाली
१८. झापा बाह्रदशी–५ का २१ वर्षीय अभिषेक राजवंशी
१९. झापा गाउँपालिका–२ का १८ वर्षीय श्यामलाल किस्कु

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!