संगालोखबर


काठमाडौं । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठन गरिएको समितिको पहिलो बैठक आजै बस्ने छ ।

देशका विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजका नर्सहरू उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत छन् । नर्सहरू आन्दोलित भएपछि प्रधानमन्त्री सुशीला कार्कीले गत बिहीबार स्वास्थ्य मन्त्रालयका सचिवसहितको टोलीलाई बोलाएर तत्काल सम्बोधन गर्न निर्देशन दिएकी थिइन् ।

Advertisement

प्रधानमन्त्री कार्की स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा पनि छिन् । समितिले आन्दोलनरत नर्सहरूलाई काममा फर्काउने वातावरण बनाउने प्रयास गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तत्काल र दीर्घकालीन रूपमा समस्या समाधानका लागि गर्नुपर्ने कामका विषयमा सुझावसहितको प्रतिवेदन दिनुपर्ने समितिको कार्यादेश छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!