
विराटनगर । संखुवासभाको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । सेवा र विकासका लागि युवा र ओरेगन नेपाली समाजको सहकार्यमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालले छात्रवृत्ति प्रदान गरेको हो ।
कक्षा ८ मा अध्ययनरत लगनशील विद्यार्थी प्रशान्त विश्वकर्मालाई १४ हजार छात्रवृत्तिसँगै सम्मानपत्र प्रदान गरिएको परिषद्ले जनाएको छ ।
उनीजस्तै विद्यार्थीहरूलाई प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गरिएको र आगामी दिनमा पनि निरन्तरता दिइने परिषद्का राष्ट्रिय सह-संगठन प्रमुख छितराज न्यौपानेले जानकारी दिए ।

संगालोखबर 













