सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित वसन्तपुरमा रहेको चोत्लुङ पार्क पर्यटकको रोजाइमा पर्न थालेको छ । उक्त पार्क पछिल्लो समय आन्तरिकसँगै तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो ।

लिम्बू समुदायको संस्कृति र ऐतिहासिकता झल्काउने सामग्री संग्रह गरेर निर्माण गरिएको पार्क घुम्न आउनेको संख्या दिनहुँ बढिरहेको छ । उक्त स्थानमा साना-साना आकर्षक घरहरू साथै बगैँचा निर्माण गरिएको छ ।

Advertisement

त्यसो त टीएमजे (तीनजुरे, मिल्के र जलज)ले क्षेत्रलाई गुराँसको राजधानीका रूपमा समेत चिनिन्छ । सिजन अनुसार पर्यटकको उपस्थित हुने गरेको छ । यस क्षेत्रमा कोशी प्रदेशका विभिन्न जिल्लासँगै भारतीय पर्यटकहरू आउने गरेका छन् ।

तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!