
सप्तरी । जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त थानकोट काठमाडौंको हिरासतबाट भागेका युवक सप्तरीबाट स्कार्पियो चोरी गर्दागर्दै पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको विष्णुपुर नगरपालिका-३ का २१ वर्षीय अमन यादव छन् ।
लागूऔषध कारोबार मुद्दामा पक्राउ परेका यादव गत भदौ २४ मा प्रहरी हिरासतबाट भागेका थिए । हिरासतबाट भागेका उनको खोजतलास भइरहेकोमा सोमबार बिहान रुपनी गाउँपालिका-६ विरेन्द्र बजारबाट स्कार्पियो चोरी गर्दागर्दै पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार स्थानीय विनय भगतको घर अगाडि पार्किङ गरिएको स १ च ७१३ नम्बरको स्कार्पियो ‘स्टार्ट’ गर्नै लाग्दा स्थानीयले यादव र उनका भाइ सुमनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।
पक्राउ परेका यादवलाई प्रहरी वृत्त थानकोट पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

संगालोखबर 













