संगालोखबर


खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले दरबन्दीबाहेकका अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने भएको छ । मंगलबारको कार्यपालिका बैठकले दरबन्दीविहीन अस्थायी, करार र ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेको हो ।

नगरपालिकाका अनुसार अर्थ मन्त्रालयबाट प्राप्त पत्रको आधारमा उक्त निर्णय भएको हो । आगामी कात्तिक १ देखि लागुहुनेगरि दरबन्दीविहीन अस्थायी, करार र ज्यालादारी कर्मचारी हटाउने निर्णय गरिएको मंगलबार पत्रकार सम्मेलन गरी नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी गराएका हुन् ।

Advertisement

यसैगरी नगरसभा तथा नगरकार्यपालिका बैठक, कार्यक्रमहरूमा खाजा, खाना तथा विविध शीर्षकमा खर्च नगर्ने, स्थानीय तहको सुरुवातीदेखि नगरपालिकाबाट विनियोजित योजनाहरूको विवरण समेत सार्वजनिक गर्ने निर्णय भएको छ ।

कतिपय योजनाहरू कामै नगरी फर्छ्यौट भएको, कतिपयमा डुब्लिकेसन भएको लगायतका गुनासो आएपछि स्थानीय तहको सुरुवातीदेखि नै नगरपालिकाबाट विनियोजित बजेट तथा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!